काठमाडौं। फिफा विश्वकप फुटबलको दाबेदार मानिएको टिम ब्राजिलले स्विट्जरल्याण्डविरुद्ध खेल्दैछ ।
समूह ‘ई’ अन्तर्गत आजराती रोस्टोभ एरिनामा ब्राजिल र स्विट्जरल्याण्डविचको खेल नेपाली समयअनुसार ११ः४५ बजे सुरु हुनेछ । सन् २०१३ मा ब्राजिल र स्विट्जरल्यान्ड पछिल्लो पटक मैत्रीपूर्ण खेलमा भेट्दा स्विट्जरल्यान्ड १—० ले विजयी भएको थियो । तर, अहिले ब्राजिलको टोलीलाई निकै बलियो टिमको रुपमा लिइएको छ ।
४ वर्ष घरेलु भूमिमा ब्यहोरेको ७–१ को अपमान बिर्सिने रणनीतिका साथ ब्राजिल मैदानमा उत्रदैछ । जर्मनीविरुद्धको खेलमा भोगेको पीडा बिर्साउन ब्राजिललाई पूरा दुई वर्ष लागेको थियो । प्रशिक्षक टिटेले आफ्नो सुरुवाती ११ पनि सार्वजनिक गरिसकेका छन् । ब्राजिलले अग्रपंक्तिमा विलियान, नेयमार र ग्याब्रियल जेससलाई खेलाउने छन् भने फिलिप कौटिन्हाले मिडफिल्ड सम्हाल्नेछन् ।
विश्वकप अघि घाइते भएका ड्यानी एल्भेसको स्थान ड्यानिलोले लिनेछन् । जव टिटेले ब्राजिलको प्रशिक्षण सम्हाले, उनले ब्राजिललाई रसियाको यात्रा तय गराउने पहिलो टिम बनाए ।
पाँच पटकको च्याम्पियन ब्राजिलमा युवा खेलाडीको बाहुल्यता रहेको छ । जसमा ६ खेलाडीमा मात्र विश्वकप खेलेको अनुभव छ । यता स्वीट्जरल्याण्ड पनि पछिल्लो दुई वर्षमा निकै राम्रो फर्ममा छ । सन् २०१६ को सुरुवातमा भएको युरोपियन च्याम्पियनसिपपछि खेलको १७ खेलमा स्वीट्जरल्याण्डले १ खेलमा हार व्यहोरेको थियो भने दुई बराबरी खेलेको छ ।
यस अर्थमा पनि स्वीट्जरल्याण्डको प्रदर्शन निकै राम्रो रहनेछ । प्लेअफमा उत्तरी आयरल्याण्डलाई हराउँदै स्वीट्जरल्याण्डले विश्वकपको यात्रा तय गरेको थियो । आजराती हुने ब्राजिल विरुद्धको खेलमा स्विट्जरल्यान्डले डिफेन्स लाइनलाई कतिको सम्हाल्नेछन् त्यो भने हेर्न बाँकी छ ।
प्लेयर टु वाच
नेयमार, ब्राजिल
रिकार्डो रोडिगेज, स्विट्जरल्याण्ड
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया