रसुवामा एक दिने वृहत्त स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । नेपाल तरुण दल जिल्ला कार्यसमिति रसुवा तथा नेपाल राष्ट्रिय तामाङ घेदुङ केन्द्रिय समितिद्वारा आयोजित एक दिने वृहत्त स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

रसुवाको नौकुन्ठ गाउँपालिका वडा नं. ५ भोर्लेमा एक दिने वृहत्त स्वास्थ्य शिविर सम्पन्न भएको हो । उक्त स्वास्थ्य शिविरबाट २ सय ५० जना बिरामीले स्वास्थ्य उपचार गराएका थिए । 

हिमाल अस्पतालको सहयोगमा सम्पन्न भएको उक्त स्वास्थ्य शिविरमा हाडजोर्नी, नसा रोग, महिला सम्बन्धि रोगका साथै बाल रोगसम्बन्धि बिरामीले निशुल्क उपचार गराएका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?