किन खान्छ मानव मस्तिष्कले आफैँलाई ?

कारण नं १ 
तपाईँलाई अत्यन्तै भोक लाग्दा आँखा अगाडि जे छ त्यही खाइहालुम जस्तो हुुन्छ । त्यति बेला भोजनसँगभन्दा पनि भोकसँग सरोकार हुन्छ ।

हाम्रो मस्तिष्कलाई पनि अत्यन्तै भोक लाग्छ । शरीर धेरै बेरसम्म भोकै बस्दा मसितष्कले पनि जे उपलब्ध छ त्यही खाएर आफ्नो भोक मेटाउने गर्दछ । 

अल्बर्ट आइन्स्टाइन कलेज अफ मेडिसिनको अनुसन्धान अनुसार धेरै बेरसम्म भोकै बस्नाले हाम्रो मानव मस्तिष्कले आफ्नै कोषहरु खान थाल्छ । 

आकर्षक शरीर बनाउने होडबाजीमा अचेल डाईटिङ्ग गर्ने चलन बढेको देखिन्छ । तर यसले भित्रभित्रै स्वास्थलाई असर पुर्याउनुको सथै दिमागलाई पनि हानी पुर्याउँछ ।

अत्ति नै भोक लागेको खण्डमा अटोफ्यागी नामक प्रक्रियाद्वारा हाम्रो दिमागले आफैँलाई बिस्तारै खान थाल्छ । त्यसैले धेरै बेर भोकै बस्नु उचित हुँदैन ।

समाधान

जति कम खायो उति नै मोटोपन घट्छ भन्ने गलत अवधारणा छ हामीमा । जस अन्तर्गत हामी भोकै बस्छौँ ।

तर आफ्नो शरीरको क्षमता अनुसार पर्याप्त पोषण तत्व भएका खानेकुरा र पानी समय मिलाएर खान जरुरी छ । डाईटिङ्ग गर्दा भोकै बस्नेभन्दा पनि आवश्यक पोषणयुक्त खाना थोरै मात्रामा खानु उपयुक्त हुन्छ ।

प्रोटिन, भिटामिन, कार्बोहाइडे«ट भएका खानेकुरा जस्तै अण्डा, दुध, हरियो सागपात, स्याउ, गेडागुडी, दही, बदाम आदि दैनिक खानामा समावेश गर्नुपर्दछ । 

कारण नं २
तपाईँ अन्तिम पटक आनन्दले कहिले निदाउनु भाको थियो याद छ ? 

कोही कामको चापले राम्ररी निदाउन पाउँदैनन् भने कोही आफ्नो मोबाइल फोनका बन्धी भएका छन् । मध्यरातसम्म पनि फोनमै बिजी ।
तर अपर्याप्त निद्राले तपाईँको मस्तिष्कमा असर पुर्याइरहेको हुन्छ ।

निद्रा नपुगेको खण्डमा तपाईँको मस्तिष्कले आफैँलाई नष्ट गर्न थाल्छ ।

मानव शरीरमा फ्यागोसाइटोसिस प्रक्रियाद्वारा माइक्रोग्लाएल कोषले पुराना र मृतक कोषहरुलाई नष्ट गर्दछ । तर निद्राको कमी भएमा यस प्रक्रियाले जीवित कोषलाई पनि नष्ट गर्ने अनुसन्धानले बताएको छ ।

समाधान 

आफ्नो उमेरअनुसार जति निद्रा आवश्यक हो त्यति नै सुत्ने :

०–३ महिना १४–१७ घण्टा
४–११ महिना १२–१५ घण्टा
१–२ वर्ष ११–१४ घण्टा
३–५ वर्ष १०–१२ घण्टा 
६–१३ वर्ष ९–११
१४–१७ वर्ष ८–१०
१८+ वर्ष ७–९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?