ज्योति र लुम्बिनी बैंकबीच रेमिटेन्स सम्झौता

काठमाडौं । ज्योति विकास बैंक र लुम्बिनी विकास बैंकबीच रेमिट सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ ।

ज्योति विकास बैंकको तर्पmबाट प्रमख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा लुम्बिनी विकास बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

ज्योति विकास बैंकले हालै सञ्चालनमा ल्याएको ज्योति रेमिट सेवा लुम्बिनी विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट र लुम्बिनी विकास बैंकको रेमिटेन्स सेवा ज्योति विकास बैंकको सम्पूर्ण शाखाबाट प्राप्त गर्न सकिने भएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?