११ वटा यी देश जसको भिन्नभिन्न छन् विशेषता !

यो संसारमा ९९ प्रतिशत भू–भाग मरुभूमिले ओगटेको देश छ भन्दा तपाईँलाई अचम्म लाग्न सक्छ । 

संसारको सबैभन्दा अशान्त देश कुन होला त ? यो जिज्ञासा पनि तपाईँको मनमा उठ्न सक्छ ।

लोकपथ प्रस्तुत गर्दछ  विश्वका ११ वटा देश  ११ आश्चर्य लाग्दा तथ्यहरु :

नदी नभएको राष्ट्र : साउदी अरबिया
अरबको अधिकतम भू–भाग मरुभूमि भएका कारण यहाँ कुनै पनि नदीनाला छैन । 

छिट्टै डुब्न सक्ने सम्भावना भएको राष्ट्र : माल्दिभ्स्

माल्दिभ्स् समुन्द्री सतहभन्दा १.८ मि मात्र माथि छ । पृथ्वीको तापक्रम र समुन्द्री सतह बढेसँगै माल्दिभ्स्को डुब्ने सम्भावना झनै बढेको छ ।

सर्वाधिक ताल भएको राष्ट्र : क्यानाडा
क्यानाडामा करिब ३०,००,००० तालहरु छन् । विश्वमा भएका सबै तालमध्ये ६० प्रतिशत ताल क्यानाडामा रहेको छ । 

छिमेकीसँग भेट हुने न्यून सम्भावना भएको देश : मंगोलिया
विश्वको सबैभन्दा पातलो बसोबास भएको देश हो मंगोलिया । यहाँ प्रत्येक वर्ग माईल बराबर ४ जना मान्छे बसोबास गर्छन् । 

सर्वाधिक कान्छो जनसङ्ख्या भएको देश : निजेर
यहाँको करिब आधि(४९%) जनसङ्ख्या १५ वर्षभन्दा मुनि उमेरको छ ।

छिट्टो लोप हुन सक्ने राष्ट्र : युक्राइन
युक्राइनको जनसङ्ख्या हरेक वर्ष ०.८% को दरले घट्दै छ । यही दरले घट्दै जाने हो भने सन् २०५० सालसम्म यहाँको ३०% जनसङ्ख्या लोप हुने सम्भावना छ । 

रुखै नभएको देश : हाईटी
अत्याधिक वन फँडानीका कारण हाईटीमा लगभग रुख नै बाँकी छैन भन्दा फरक नपर्ला । (देब्रे)

फार्म नभएको सर्वाधिक ठूलो राष्ट्र : सिङ्गापूर 
सहरै सहरको देश सिङ्गापूरको अर्थतन्त्र कृषिमा आधारित नभएकाले  यहाँ खेती छैन ।

संसारको सबैभन्दा अशान्त राष्ट्र : सोमालिया 
द्वन्द्व, युद्ध, भोकमरी आदिका कारण सोमालिया संसारकै सबैभन्दा अशान्त देशमा गनिन्छ ।

सर्वाधिक अक्सिजन उत्पादन गर्ने देश : रसिया 
रसियाको साइबेरियामा विश्वकै  करिब २५% वनजङ्गल अवस्थित छ जसकारण रसिया विश्वकै सर्वाधिक अक्सिजन उत्पादन गर्ने मुलुकका रुपमा स्थापित भएको छ ।


सर्वाधिक मरुभूमि भएको राष्ट्र : लिबिया
यहाँको ९९% भू–भाग मरुभूमिले ओगटेको छ ।


 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?