आलोचित बने मेसी

काठमाडौं। अर्जेन्टिनी लियोनल मेसीले आफ्नो समूहलाई विजयी गराउन नसकेकोमा असहज महसुस गरेको बताएका छन् । 

शनिबारराती सम्पन्न आइसल्याण्ड विरुद्धकोे खेलमा मेसीले संसारभरका आफ्ना समर्थकहरुको चित्त बुझाउन नसकेको बताएका हुन् । अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पौलीले आइसल्याण्डसँग भएको खेलमा मेसीले पेनाल्टी मिस गदै टिमलाई जित दिलाउन नसकेकोमा असहज महसुस गरेको जानकारी दिए ।

पहिलो पटक विश्वकपमा सहभागी भएको आइसल्याण्डसँग पनि १–१ गोलमा सीमित हुनुपर्दा उनलाई अप्ठ्यारो लागेको प्रशिक्षक साम्पौलीको भनाई छ । मेसीले पाएको पेनाल्टीमा समेत गोल नगरेपछि उनको समर्थकहरुले धेरै आलोचना र असन्तुष्टी व्यक्त गरेका थिए ।

अर्जेन्टिनाले विश्वकपको दोस्रो खेल असार ७ गते क्रोएसियाविरुद्ध खेल्नेछ । त्यतिबेला आफ्ना समर्थकहरुको मन बुझाउने गरी खेल प्रदर्शन गर्ने अर्जेन्टिनी खेलाडीहरुको अठोट छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?