विदेश। लिबियाको पूर्वीसहर दार्नामा अतिवादी समूहविरुद्ध भएको झडपमा परी चार जना लिबियाली सैनिकको मृत्यु भएको छ ।
दर्नामा सरकारी सेनामाथि अतिवादी विद्रोहीले हमला गरेका थिए । सैनिक गस्तीका क्रममा भएको यस हमलाका क्रममा ती सैनिक मारिएका हुन् ।
यस झडपको क्रममा अन्य कैयौँ व्यक्ति घाइते भएको सैनिक स्रोतले जानकारी दिएको छ । हाल झडप जारी नभएको भएपनि सैनिक बलतर्फ ठूलो क्षति भएको स्रोतले जानकारी दिएको छ । गत बिहीबार पनि दार्नामा नै अतिवादी समूह र लिबियाली सैनिकबीच भएको झडपको क्रममा कम्तीमा ४ सैनिकको मृत्यु हुनुको साथै अन्य ६ जना घाइते भएका थिए ।
उक्त क्षेत्रमा पछिल्लो समयमा सेनाले कडा मात्रामा गस्ती गर्ने गरेको तर विद्रोहीले भने सेनामाथि नै आतङ्ककारी हमला गर्ने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया