गर्मीले पाकेका युवाले लेखे, सूर्य भगवानलाई चिठी

अहिले गर्मीले मान्छेलाई तनाव दिएको छ । नेपालका तराई क्षेत्रमा पनि गर्मीले जनजीवन प्रभावित पारेको छ । गर्मीको कहरले गर्दा मान्छे आत्तिएका छन् । गर्मीसँग सम्बन्धित विभिन्न तस्वीर भाइरल पनि भएका छन् । तर, यतिबेला भाइरल भएको समाचार भने अलि भिन्दै छ ।

मिडियाका रिपोर्टका अनुसार भारत, मध्य प्रदेशको शाजापुरका एक युवाले गर्मीले तनावमा परेर सूर्य देवतालाई केश हालेका छन् । यो घटना फिल्मको दृश्यजस्तै भएको छ । कतिले त यसलाई परेश रावल अभिनित फिल्म ‘ओ माइ गड’ जस्तै भएको भनेका छन् ।

फिल्ममा परेश रावलले आफ्नो पसलको बीमाको विषयलाई लिएर भगवानलाई केश हाल्दिन्छन् । त्यस्तै लाग्ने एक घटनामा भने युवाले पत्र लेखेर केश दर्ता गराएका छन् ।

शिकायतमा शिवपालसिंह नाम गरेका एक युवाले विगत एक सप्ताहदेखि आगो वर्षेका कारण मानसिक र शारीरिक रुपमा गाह्रो भएको, पीडा दिएको भन्दै श्रीमान सूर्यनारायण नामक ब्रह्माण्डलाई पत्र लेखेका हुन् ।

उनी चाहन्छन् कि, उनको यो केशअनुसार एक्सन लिँदै भारतीय संविधानका अनुसार आवश्यक कानूनी कारवाही पनि होस् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?