काठमाडौं । फिफा विश्वकप फुटवल प्रतियोगिता अन्तर्गत आज भएको समूह ‘इ’ को खेलमा सर्वियाले जीत हासिल गरेको छ । सर्वियाका खेलाडीका जर्सी नम्बर ११ का एलेक्जेन्डर कोलारोभले खेलको ५६ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल हुन पुग्यो । आजको खेलमा सर्वियाले कोस्टारिकालाई १-० ले हराएको हो ।
दुवै टिमले गोल गर्ने अवसर पाएर पनि त्यसको सदुपयोग गर्न सकेनन् ।
कोस्टारिकाका खेलाडी उत्कृष्ट प्रदर्शन गर्दा पनि कुनै गोल गर्न सकेनन् । पहिलो हाफ अगाडि नै एक गोल गरेको थियो भने हाफ पछि दुवै टिमले गोल गर्न सकेनन् ।
तस्वीरः एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया