एजेन्सी : गतवर्ष चीनमा आयोजित विश्व सुन्दरी प्रतियोगिताबाट मिस वर्ल्ड को उपधाधि हासिल गर्ने भारतकी मानुषी छिल्लरले सिनेमामा प्रवेश गर्ने संकेत गरेकी छिन् ।
एक प्रश्नको जवाफमा छिल्लरले भनिन् “बलिउडका लागि मैले आफ्नो ढोका बन्द गरेकी छैन् । आफू भित्र कुनै अभिनेत्री लुकि बसेको अनुभव भइरहन्छ ।”
मिस वर्ल्ड की उपाधि हासिले गर्ने भारतीय नागरिक एश्वर्या राय र प्रियंका चोपडाले यस अघि नै बलिउडमा प्रवेश गरिसकेका छन् ।
प्रियंकाले सन् २०००मा र १९९९मा एश्वर्याले विश्व सुन्दरीको उपाधि जितेकी थिइन् ।
उनीहरूले उपाधि जितेको केही दिनमै बलिउड प्रवेश गरेकी थिइन् ।
छिल्लरले भनिन् “मेरा बा भन्नु हुन्छ राम्रो डाक्टर बन्नका लागि राम्रो अभिनेत्री बन्नु पर्छ किनकि आधा रोगी डाक्टरको व्यवहारबाट निको हुन्छन् ।”
साथै उनले भनिन् अहिलेसम्म फिल्म खेल्ने कुनै प्रस्ताव अस्वीकार गरेकी छैन् । सही समयमा यसबारे निर्णय गर्नेछु ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया