एजेन्सी : कोलम्बियाको राष्ट्रपति पदको निर्वाचनमा कन्जभरभेटिभ राजनीतिक दलका नव प्रवेशी इभान डुकले जीत हासिल गरेका छन् ।
डुकले ५४ प्रतिशत मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी गुस्ताभो पेट्रोले ४१ प्रतिशत मत पाए ।
यो निर्वाचन परिणामले कोलम्बियाका फार्क विद्रोहीबीच भएको ऐतिहासिक तथा विवादास्पद शान्ति सम्झौताको भविष्यबारे प्रश्नहरू खडा गरेको देखिएको छ ।
पूर्व राष्ट्रपिित एल्भारो उरिबोको समर्थन पाएका डुकले सन् २०१६मा भएको शान्ति सम्झौतामा सुधार गर्ने बताएका छन् ।
साथै डुकले कर कटौती र लगानी बृद्धिको नीतिले वर्षौको सशस्त्र द्वन्द्वबाट खुम्चिदै गएको अर्थतन्त्रलाई उकास्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बामपन्थी छापामार नेता गुस्ताभ पेट्रो भने चुनावमा हारेका छन् ।
गुस्ताभले समतावादी समाज निर्माण गर्ने र शिक्षा एवं स्वास्थ्यमा आम मानिसको पहुँच सुनिश्चित गर्ने भन्दै चुनावमा भाग लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया