एघार सय वर्ष अघिको आतंक  अफगानी महिलामा अझै बाँकी

एजेन्सी : ११ शताब्दी अघि एक राजाले आफ्नी बहिनीको हत्या ग-यो ।

मारिएकी ती महिला पहिला पर्सियाली महिला कवि रबिया बाल्खी थिइन् ।

रबिया एक गुलामसँगको प्रेममा फँसिन् । उनले पुरूष वर्चस्ववादी समाजमा कविता लेख्ने सहास गरेकी थिइन् । उनी आफ्नै दाजुबाट मारिइन्  ।

पुरूषहरूको त्यो आतंक अझ पनि अफगानी महिलाहरूमाथि देखिन्छ ।

महिला पत्रकारहरू प्रेससम्बन्धका कारण आधुनिक महिला मारिएको घटनाले अफगानी महिलालाई आतंकित बनाइरहेको छ ।

सन् २०१६मा अफगानिस्तानको स्वतन्त्र मानव अधिकार आयोगले ५५७५ महिला विरूद्धको हिंसात्मक अपराधको अध्ययन ग-यो ।

अधिकांशको मृत्यु परम्परागत आचरण व्यवहारको कारणले भएको पाइयो । राष्ट्रिसंघीय नियोग अनामाले पनि यस्तै किसिमको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

धेरैको हत्या नोकरी गरेकाले भएको थियो । नोकरी गर्नु मुसलमान धर्मले नदिएको परम्परागत मान्यताका कारण यस्तो भयो ।

तर यो आतंकको जालो तोडन महिलाहरूको एक समूह सक्रिय भइरहेको छ ।उनीहरूले एक गैर नाफामूलक संगठन खोलेर महिलालाई लेख्न लगाइरहेको छ ।

यो संस्था सन् २०१३मा स्थापित गरियो ।

त्यसबाट उनीहरूले पहिलो पुस्तक रबियाको सम्मानमा एक कथा संग्रह छापे ।पहिलो पुस्तकको नाम थियो रबियाकी छोरीहरू ।

यसमा नूरजहाँ अकबर र बतुल मोरादीजस्ता अफगानी कार्यकताहरू सक्रिय छन् ।

नूरजहाँ अकबर फोब्र्सको १०० शक्तिशाली महिलामध्ये एक रहेकी छिन् ।

यो संस्थाको पुस्तक कमाइबाट हुने आम्दानीले युवतीहरूको शिक्षामा खर्च हुने गरेको छ ।

साथै उनीहरूले महिला अधिकिारको वकालतलाई साहित्य सिर्जनाबाबट अगाडि बढाइरहेका छन् ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?