अायल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटायो

काठमाडाैं : तीन महिनायता लगातार मूल्य बढाएर उपभोक्ताको गोजी टक्टक्यार्इरहेको नेपाल अायल निगमले बल्लतल्ल पेट्रोलियम पदार्थको मूल्य केही घटाएको छ । 

अार्इतबार राती १२ बजेबाट लागु हुनेगरि निगमले पेट्रोल, डिजर र मट्टितेलमा 'नोमिनल' मूल्य कटाैती गरेको हो । निगमले ११३ रूपैयाँ पुगेको पेट्रोलको मूल्यमा ३ रूपैयाँ कटाैती गर्दै ११० रूपैयाँ कायम गरेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९३ रूपैयाँमा झारेको छ ।

डिजेल र मट्टितेलमा २ रूपैयाँ मूल्य घटार्इएको हो । निगमले हवार्इ र्इन्धनको मूल्य भने समायोजन गरेको छैन ।

अाफुलार्इ घाटा भर्इरहेको दाबी गरेको निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजनपछि १५ दिनमा ७ करोड ८६ लाख रूपैयाँ घाटा हुने जनाएको छ । तर, साढे तीन महिनायता निगमले मूल्य समायोजनका नाममा निरन्तर मूल्य बढार्इरहेको थियो । 

कहिले कति पु-यार्इयो पेट्रोलिम पदार्थको भाउ ?
चैत १९ :
पेट्रोल : १०५
डिजेल/मट्टितेल : ८५ 

बैशाख ३ :
पेट्रोल : १०६
डिजेल/मट्टितेल : ८७

बैशाख १८ :
पेट्रोल : १०८
डिजेल/मट्टितेल : ९०

जेठ २ :
पेट्रोल : ११०
डिजेल/मट्टितेल : ९२

जेठ १९ :
पेट्रोल : ११३
डिजेल/मट्टितेल : ९५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?