विश्वकपः बेल्जियमलाई नवप्रवेशी पानामाको चुनौती

काठमाडौं। फिफा विश्वकप अन्तर्गत समूह ’जी’ को बेल्जियमले पानामासँग प्रतिस्पर्धा गर्दैछ ।

यि दुई टिमविचको खेल सोचीस्थित फिस्ट ओलम्पिक रंगशालामा हुदैछ । नेपाली समयअनुसार ८ः४५ बजे हुने खेलमा बेल्जिय पानामामाथि हाबी हुने देखिन्छ ।

विश्वकप फुटबलमा सहभागी मध्ये बेल्जियम उत्कृष्ट फर्ममा रहेको टिम हो । विश्वकप अघिको अभ्यास खेलमा बेल्जियमले सानदार खेल खेलेको थियो । प्रशिक्षक रोबार्टो मार्टिनेज बेल्जियमको प्रतिभाशाली खेलाडीलाई अझै निखार्न लागि परिरहेका छन् ।

यस पटकको बेल्जियम टिममा सन् २०१४ को विश्वकप तथा युरोकप २०१६ खेलेका खेलाडीको बाहुल्यता छ । इडेन हाजार्ड, केभिन डी ब्रुयेन, रोमेलु लुकाकु र मार्टिन्स सम्मिलित बेन्जियमले पानामाविरुद्धको खेलसँगै विश्वकप यात्रा सुरु गर्नेछ ।

अघिल्लो संस्करणको विश्वकप र त्यसको दुई वर्षपछि भएको युरोकपमा क्वार्टरफाइनलसम्म पुगेको बेल्जियमको गोल्डेन जेनेरेशनका लागि यो अन्तिम मौकाको रुपमा पनि हेरिएको छ ।

विश्वकपमा ब्राजिल, जर्मनी, स्पेन, अर्जेन्टिना र फ्रान्सलाई उपाधिको मुख्य दावेदारको रुपमा हेरिएको छ । उत्तर अमेरिकी टिमसँग बेल्जियमको इतिहास राम्रो छ ।

बेल्जियमले सन् १९८२ पछि उत्तर अमेरिकी टिमसँग हार ब्यहोरेको छैन् । त्यसयता उत्तर अमेरिकाका टिमसँग ११ खेल खेल्दा बेल्जियमले ९ खेलमा जित हात पारेको छ ।

पानामा पहिलोपटक विश्वकपमा छानिएको टिम हो । त्यसैले आजरातीको खेलमा जित निकाल्न सम्पूर्ण शक्ति खर्च गर्नेछ ।

प्रशिक्षक डारियो गोमेज बेल्जियमको कुशल प्रदर्शनदेखि सचेत मात्र होइन, चिन्तित पनि छन् । एक साताअघि बेल्जियमले कोस्टारिकालाई ४–१ ले पराजित गरेको थियो । त्यसैले पानामाले बेल्जियमलाई रोक्न कडा मिहिनेत गर्नुपर्नेछ । 

प्लेयर्स टू वाच

इनेड हाजार्ड, बेल्जियम

रोमन टोरेस, पानामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?