एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने तयारी

काठमाडौं । एसइई परीक्षाको नतिजा बुधबार सार्वजनिक गर्ने तयारी भएको छ ।  

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक  अम्बिका प्रसाद रेग्मीले   नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटिएको जानकारी दिए । 

सबै उत्तर पुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र रुजू गर्ने काम भइरहेको रेग्मीको भनाई छ  । 

यसवर्षको परीक्षामा साधारण धारतर्फ चार लाख ५ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए । यस्तै  प्राविधिक धारतर्फ  ८ हजार ७० जना परीक्षार्थी सहभागि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?