रुप फेर्‍यो वीर अस्पतालले (फोटो फिचर)

वरिपरि डुङ्गडुङ्ग गन्हाउने फोहोरकोे रास, अहिले भत्केलाजस्तो देखिने रङ्ग उडेको जीर्ण भवन ।

मान्छेलाई घाँसजस्तै पन्छाउँदै भित्र जानुपर्ने अवस्था, भुईँभरि तितरबितर भएका ओढ्ने ओछ्याउने र लावालस्करै भएर लमतन्न सुतेका मान्छे ।

पिसाब लागेर ट्वाइलेट जाँदा त्यहाँको फोहोर र गन्धले वान्ता नै आउला झैँ हुने । यो दृश्य हाम्रो देशको सबैभन्दा जेठ्ठो अस्पताल ‘बीर अस्पताल’को हो । वा भनौँ थियो । 

होहल्ला झन् माछा बजार जत्तिकै !

पिसाब लागेर ट्वाइलेट जाँदा त्यहाँको फोहोर र गन्धले वान्ता नै आउला झैँ हुने ।

यो दृश्य हाम्रो देशको सबैभन्दा जेठ्ठो अस्पताल ‘बीर अस्पताल’को हो । वा भनौँ थियो । 

केही समय अघि धुर्मुस सुन्तली फाउन्डेसनको नेतृत्वमा भएको सरसफाई कार्यक्रमले वीर अस्पतालको स्वरुप नै परिवर्तन गरेको छ ।

हेर्दै नाक खुम्चाउन मन लाग्ने अस्पताल अहिले सफा र रङ्गीन देखिन्छ । तिहारै आएजस्तो देखिन्छ यहाँको माहोल । 

सरसफाईका क्रममा अस्पताल रङ्गाउनेदेखि ट्वाइलेट सफा गर्नेसम्मका कामहरु भएका छन् ।

लोकपथको लेन्सबाट यस्तो देखियो परिवर्तित वीर असपताल, हेर्नुहोस् फोटोफिचर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?