प्रदेश ५ को प्रदेशसभा बैठक स्थगित

बुटवल । प्रदेश नं ५ मा आज प्रतिपक्ष नेपाली काँग्रेसको विरोधका कारण प्रदेशसभाको बैठक केही समयका लागि स्थगन भएको छ । 

प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले अवरोध सिर्जना भएको कारण दर्शाउँदै २० मिनेटका लागि प्रदेशसभाको बैठक स्थगन भएको घोषणा गरे । 

प्रदेशसभा शुरु भएलगत्तै काँग्रेसका डिल्लीबहादुर चौधरीले बजेट विनियोजनमाथि आपत्ति जनाउँदै संसद्को कारवाही अघि बढ्न नसक्ने जिकिर गरेका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?