स्तन नफाली क्यानसरको उपचार

क्यानसरलाई मोर्डन यमराजको संज्ञा दिइएको छ ।

२०१६ मा मात्रै क्यानसरका कारण विश्वभरिमा करिब ८९,००,००० मानिसको ज्यान गुमिसकेको अनुसन्धानले बताउँछ ।
नेपालमा पनि क्यानसरका कारण हजारौँ व्यक्तिको मृत्यु हुने गरेको छ ।

नेपालमा फोक्सोको क्यानसरपछि सबैभन्दा धेरै मृत्यु स्तन क्यानसरका कारण हुन्छ । सन् २०१२ मा देशका ७ ठूला क्यानसर असपतालबाट लिएको तथ्याङ्क अनुसार पाठेघर क्यानसर पछि सबैभन्दा धेरै महिला संक्रमित हुने भनेको स्तन क्यानसरबाट हो ।

नेपालमा फोक्सोको क्यानसरपछि सबैभन्दा धेरै मृत्यु स्तन क्यानसरका कारण हुन्छ । सन् २०१२ मा देशका ७ ठूला क्यानसर असपतालबाट लिएको तथ्याङ्क अनुसार पाठेघर क्यानसर पछि सबैभन्दा धेरै महिला संक्रमित हुने भनेको स्तन क्यानसरबाट हो ।महिला मात्र नभएर पुरुष पनि स्तन क्यानसरको शिकार हुने गरेका छन् । 

सानै उमेरमा महिनावारी हुँदा, धेरे उमेरसम्म रजनोवृत्ति (मेनोपज) नहुँदा, ३० वर्ष कटेपछि मात्र पहिलो गर्भधारण गर्दा, पश्चिमी जीवन पद्धति(ढिलो गर्भधारण गर्ने) र खानपिनबाट प्रभावित हुँदा स्तन क्यानसरको सम्भावना बढी भएको देखिन्छ ।

महिला मात्र नभएर पुरुष पनि स्तन क्यानसरको शिकार हुने गरेका छन् । 

स्तन क्यानसरबाट संक्रमित बिरामीको एक मात्र उपचार : स्तन काटेर फाल्नु हो भन्ने मान्यता छ । जुन भागमा क्यानसर लागेको हो त्यसैलाई फ्यालेपछि रोग अझै फैलिने चान्स नै हुँदेन भन्ने आम जनमानसिकता छ । 

यसले रोग निर्मूल पार्न मद्दत गरेपनि बिरामीको मानसिकतामा असर पुर्याउँछ । आफ्नो शरीरको अङ्ग काटेर फाल्नु पर्दा सो व्यक्तिलाई असहज र रिक्त महसुस हुने सम्भावना हुन्छ ।

जसकारण उनीहरु फेरि नर्मल तरिकाले जीवन जिउन सक्दैनन् र आफ्नो रोगको बारेमा पनि कहिले बिर्सन सक्दैनन् । 

यही कुरालाई मध्यनजर गरेर नेपाल क्यानसर रिसर्च सेन्टरले स्तनलाई नकाटी स्तन क्यानसरको उपचार गर्ने पद्दति अपनाएको छ (ब्रेस्ट कन्जरभेसन) । यो पद्दति सर्वसुलभ र प्रभावकारी भएका कारण असपतालमा आउने ३५–४०% बिरामीले यही पद्दतिबाट आफ्नो उपचार गराइरहेका छन् ।

ब्रेस्ट कन्जरभेसन

ब्रेस्ट कन्जरभेसन अर्थात स्तनमा भएको क्यान्सरलाई हटाएर स्तन बचाउनु हो ।

यस प्रक्रिया अन्तर्गत स्तन नकाटी त्यसको ट्युमर वरिपरिको निश्चित भागलाई झिकेर स्तनलाई पूरानै अवस्थामा फर्काइन्छ । 
त्यसको लागि क्यान्सर स्तनमा बीस प्रतिशत भन्दा बढी फैलेको हुनु हुँदैन ।

यसरी ब्रेस्ट कन्जर्भ गर्दा व्यक्तिलाई खासै हानी हुँदैन ।  किनकी कन्जर्भ गर्दा मानिस सामान्य जीवन जीउन सक्दछ र कतिपयलाई त उसको शल्यक्रिया गरेको छ भन्ने समेत थाहा हुँदैन ।

यसबाहेक, ब्रेस्ट कन्सट्रक्सन, ब्रेस्ट इम्प्लान्ट आदिजस्ता प्रविधि पनि सञ्चालन गरिएको असपतालका चिकित्सक बताउँछन् ।

यदि काट्नै पर्ने अवस्था छ भने ?

कन्जर्भ प्रक्रियाद्वारा उपचार हुन नसक्ने खण्डमा स्तनलाई काटेर फ्याँकिन्छ र ब्रेस्ट रिकन्सट्रक्सन गरिन्छ । 

सामान्यतः पेटको तल्लो भाग र ढाडमा रहेको मासु र बोसोलाई प्रयोग गरेर नयाँ स्तन बनाइन्छ ।
नभए, सिलिकनको स्तनलाई सल्यक्रियाद्वारा शरीरमा इम्प्लान्ट गरिन्छ ।

यी प्रविधि नेपालमै सञ्चालन भईसकेका छन् । त्यसैले आगामी दिनमा स्तन क्यानसरबाट संक्रमित बिरामीले शल्यक्रियापछि पनि सामान्य मानिस जस्तै जीवनयापन गर्न सक्नेछन् ।

एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?