मुम्बई । भारतीय अभिनेत्री तथा उद्यमी शिल्पा शेट्टीले आफूमा आएका अफवाहको खण्डन गरेकी छिन् । उनको एक क्लिनिकबाट निस्किँदै गरेको तस्वीर भाइरल भएको थियो ।
ट्वीटर प्रयोगकर्ताले शिल्पालाई के भएको भनी सोधेका थिए भने कतिले त उनी गर्भवती भएको हल्ला फैलाएका थिए ।
व्यवसायी पति राज कुन्द्राको साथमा उनले ट्वीट गर्दै आफू नियमित जाँचका लागि गएको बताएकी छिन् । उनले ट्वीटरमा लेखेकी छिन्, ‘शिल्पालाई केही भएको छैन, म नियमित जाँचकालागि अस्पताल गएकी थिएँ, यो जान्नका लागि कि मेरो शरीर बाहिरजस्तै भित्र स्वस्थ छ कि छैन भनेर, म गर्भवती छैन ।’
सामाजिक सञ्जालमा उनी फेरि गर्भवती भएको चर्चा चलेको थियो । यी भारतीय सुन्दरी नायिका आजभोलि फिल्ममा भने त्यति देखिएकी छैनिन् । उनको चर्चा बेलाबेलामा भइरहन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया