सोमबार राधी विद्युत कम्पनीको बोनस सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । राधी विद्युत् कम्पनीको १० प्रतिशत बोनस शेयर मूल्य सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ । 

कम्पनीले १० प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर तिर्न ०.६५ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

आगामी असार २४ गते कम्पनीले बोनस शेयर प्रस्ताव पारित गर्न साधारण सभाको आह्वान गरेको छ । 

कम्पनीको साधारण सभा अमृतभोग क्याटरिङ कालिकास्थान, काठमाडौंमा असार २४ गते बिहान ११ः३० बजे बस्नेछ ।

साधारण सभाका लागि कम्पनीले असार ५ गते देखि शेयरधनी किताब बन्द गर्ने भएकाले सोमबारसम्म कायम शेयरधनीले मात्र बोनस पाउनेछन् ।

कम्पनीले साधारण सभाबाट चुक्ता पूँजीको १० प्रतिशतले हुने ४ करोड १० लाख बराबरको बोनस सेयर र २६ लाख ६५ हजार को नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्देछ । सोमबार कम्पनीको प्रतिकित्ता सेयरमूल्य २ सय ९५ हाराहारीमा कारोबार भइरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?