सामसुङ मोबाइल शोरुमबाट ८३ वटा मोबाइल चोरी गर्ने दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको चाबहिलस्थित चुच्चेपाटीमा रहेको गोल्छा अर्गनाइजेशनबाट सञ्चालित हिम इलेक्ट्रोनिकको सामसुङ मोबाइल शोरुममा चोरी गर्ने दुई जना पक्राउ परेका छन् । 

महागनरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा पर्साको विरगञ्ज–७ घर भइ हाल भारतको मितहारी रक्सौला बजार बस्दै आएका ३६ वर्षीय जितेन्द्र रौनियार र रामेछापको खाँडादेवी–१ घर भइ हाल काठमाडौंको टोखा बस्दै आएका ३३ वर्षीय जयराम श्रेष्ठ छन् ।

प्रहरीका अनुसार उनीहरुले शोरुमको सटर फोडेर सामसुङको विभिन्न ब्राण्डका मोबाइल ८३ वटा र नगदसहित २८ लाख १८ हजार ९ सय २० बराबरको चोरी गरेका थिए ।
प्रहरीले उनीहरुको साथबाट २८ वटा मोबाइल समेत बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनालाई चोरी मुद्दामा आवश्यक कानुनी कारबाहीका लागि महागनरीय प्रहरी वृत्त गौशाला बुझाइएको महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?