विश्वकपः बेल्जियमको सानदार जित, नवप्रवेशी टिम पानामा पराजित

काठमाडौं। फिफा विश्वकप अन्तर्गत समूह ’जी’ को खेलमा पानामालाई पराजित गर्दै  बेल्जियमले विजयी सुरुवात गरेको छ । 

सोचीस्थित फिस्ट ओलम्पिक रंगशालामा सोमबारराती सम्पन्न खेलमा बेल्जियमले नवप्रवेशी टिम पानामालाई ३—० गोल अन्तरले हराउदै प्रतियोगितामा सानदार विजयी सुरुवात गरेको हो ।

बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले दुई गोल गरेका थिए । पहिलो पटक रसिया विश्वकपमा डेब्यु गरेको पानामाले खेलको पहिलो हाफसम्म बेल्जियमलाई निकै कडा टक्कर दिएका थिए ।

पहिलो हाफसम्म दुवै टिम गोलरहित बराबरीमा रोकिएका थिए । दोस्रो हाफ सुरु भएलगतै बेल्जियमका लागी मार्टेन्सले पहिलो गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए ।

मार्टेन्स विश्वकपमा बेल्जियमका लागी गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन् । ६९ औ मिनेटमा बेल्जियमले अर्को गोल थप्यो ।

इडेन हाजार्डले दिएको पासलाई रोमेलु लुकाकुले गोल गदै टिमको अग्रतालाई दोब्बर पारे । ७५ औ मिनेटमा पुनः लुकाकुले गोल गरे ।

एकपक्षिय रहेको खेलको निर्धारित समयसम्म थप गोल हुन सकेन र खेल बेल्जियमले ३—० ले आफ्नो पक्षमा पार्यो । जितपछि बेल्जियमले ३ अंक जोडेको छ । 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?