विश्वकै अग्लो स्थानमा म्युजिक भिडियो छायांकन गर्ने युवाले लेखाए गिनिज बुकमा नाम

लोकपथ
315
Shares

खोटाङ । पाँच युवाले विश्वकै अग्लो स्थानमा म्युजिक भिडियो छायांकन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ज गरेका छन् ।

सोलुखुम्बुका गीतकार र निर्देशक बुद्धिराज राई (दुर्लभ जन्तरे), गायक टेक नाछिरिङ, मोडलरडान्सर सृजना किराती, स्यांजाकी दोहोरी गायिका माया गुरुङ र तनहुँका पत्रकार र गीतकार शिखर जंग श्रेष्ठ (गजरकोटे)ले हालसममै अग्लो उचाइमा ‘सुन्दर हिमाल’ बोलको गीत रेकर्डसँगै सोही गीतको म्युजिक भिडियो छायांकन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेका हुन् ।

पाँच हजार २० मिटरको उचाइमा रहेको सोलुखुम्बुको खारे (मेरा पिक जाने बाटो)मा पुगेर गीत रेकर्डसँगै म्युजिक भिडियो छायांकन गरेको दाबीलाई गिनिज बुकले मंगलबार राति मान्यता दिएको पत्रकाररगीतकार श्रेष्ठले जानकारी दिए ।

उनीहरुले गीत रेकर्डिङ र भिडियो छायांकनको काम १ सेप्टेम्बर २०२१ मा पूरा गरेका थिए । गिनिज बुकको यस मान्यतासँगै यसअघि हाइएष्ट अल्टिच्यूड म्युजिक भिडियो अन ल्याण्ड शीर्षकमा नेपाली युवा सञ्चबहादुर राई, पुस्कर नेपाल, पावल राई, लक्ष्मण कार्की र राजन खरेलको नाममा रहेको रेकर्ड ब्रेक भएको दाबी गरिएको छ ।

गीतकाररनिर्देशक बुद्धिराजले लेखेको गीतमा डिआर अटुको संगीत र टेक नाछिरिङको स्वर छ । नाछिरिङलाई गायिका गुरुङ र पत्रकाररगीतकार श्रेष्ठले कोरस गायनमा साथ दिएका छन् । गीतका लागि शिवराज जोशीले मादल, डम्बरसिंह राईले बाँसुरी र नाछिरिङले किबोर्ड बजाएका छन् ।

रेकडिष्टको भूमिका श्रेष्ठको छ । खारे आसपासमै छायांकन गरिएको म्युजिक भिडियोको निर्देशन बुद्धिराजले गरेका छन् । म्युजिक भिडियोमा स्वयं बुद्धिराज, मोडल किराती, पत्रकार र गीतकार श्रेष्ठ र पर्यटन व्यवसायी लक्ष्मण कार्कीलगायतले अभिनय गरेका छन् ।

गंगाराम राईको छायांकन रहेको म्युजिक भिडियो गाउँले इन्टरटेनमेन्टले पोष्ट प्रोडक्सन गरेको हो । रेकर्ड राखेको गीत र भिडियो केही दिनमै युट्युब च्यानलबाट सार्वजनिक गरिने श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?