लता मंगेशकरले जितिन् कोरोना, भेन्टिलेटरबाट हटाइयो

लोकपथ
273
Shares

काठमाडौं । बलिउडकी चर्चित गायिका लता मंगेशकरलाई भेन्टिलेटरबाट हटाइएपनि उनी अझै आईसीयूमा छिन् । मंगेशकरको उपचारमा संलग्न चिकित्सकले सो जानकारी दिएका हुन् । स्रोतका अनुसार उनको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ ।

९२ वर्षीय गायकलाई हल्का लक्षणका साथ कोरोना भाइरस पोजेटिभ आएको थियो। कोरोना संक्रमणपछि उनलाई ८ जनवरीमा दक्षिण मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । यहाँ उनको डा प्रतत समदानी र उनको टोलीले उपचार गरिरहेको छ ।

डा. समदानीका अनुसार मंगेशकरमा सामान्य सुधारको संकेत देखिएको छ । ‘उहाँ साढे दुई दिन भेन्टिलेटरबाट बाहिर हुनुहुन्छ, तर अझै निगरानीमा हुनुहुन्छ । स्वास्थ्यमा केही सुधार आएपछि भेन्टिलेटरबाट हटाइएको हो ।’ डा. समदानीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?