काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको फेसबुक पेजमा १० हजार लाइक पुगेको छ । कम्पनीले जनाएअनुसार उक्त सबै लाईक आफ्ना कर्मचारी, अभिकर्ताहरु, ग्राहकहरु तथा हितैषीहरुको सामूहिक प्रयासबाट प्राप्त अर्गानिक लाइक मात्रबाट सम्भव भएको हो । यसको लागी छुट्टै विज्ञापन गरिएको थिएन ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले आईएमई लाइफ इन्स्योरेन्सको प्रतिनिधित्व गर्ने मस्कट पनि सार्वजनिक गरेका छन् । अबको युग डिजिटल प्रविधि उन्मुख रहेको हुनाले कम्पनीका सबै कामकाज डिजिटल प्रविधिमार्फत गर्ने कम्पनीको लक्ष्य रहेको हुनाले त्यसै अनुरुपको सन्देस दिन कम्पनीको मास्कट पनि रोबोट तथा मानवको हाइब्रिड स्वरुपमा लिएर आएको पनि उनले बताए ।
डिजिमी (digIME) नाम दिएर सार्वजनिक गरिएको उक्त मास्कटले भविष्यमा ग्राहकहरु तथा अन्य सर्वसाधारणहरुसँग कम्पनीको प्रतिनिधिको रुपमा संवाद गर्ने कुरा समेत कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया