ट्रेड टावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त

लोकपथ
126
Shares

काठमाडौं । ट्रेड टावर लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले एक सय अंकित दरका ११ करोड ५८ लाख ९८ हजार रुपैयाँको कुल ११ लाख ५८ हजार ९८० कित्ता सेयर निष्काशन गर्ने भएको हो

कम्पनीले आईपीओको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । ट्रेड टावर लिमिटेडका कार्यकारी अध्यक्ष शिवहरि दङ्गाल र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले बिक्री प्रबन्धक सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

२०६७ सालमा स्थापना भएको ट्रेड टावर लिमिटेड होटल तथा आतिथ्यता, लजिङ एण्ड फाइनान्सिङ, कन्स्ट्रक्सन र अन्य विभिन्न लगानीमा संलग्न छ । ट्रेड टावर लिमिटेड अन्तर्गत सम्पन्न आयोजनाहरु ट्रेड टावर थापाथली र जनता रेसिडेन्सी भैसेपाटी हुन् ।

अर्को आयोजना ट्रेड टावर गौशाला निर्माणाधीन छ र २ वर्ष ५ महिनाभित्र सम्पन्न गर्ने प्रक्षेपण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?