सेयर बजारमा दोहोरो अंकको वृद्धि, ६ अर्बभन्दा बढीको कारोबार

लोकपथ
77
Shares

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज (मंगलबार) सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार दोहोरो अंकले ओरालो लागेको बजारमा मंगलबार पुन: दोहोरो अंकको वृद्धि देखिएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर बजार कारोबार मापक नेप्से परिसूचक १९.२६ अंकले बढेर २८९१.३० बिन्दुमा पुगेको छ ।

यता ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक ३.९८ अंकले बढेर ५४२.९० बिन्दुमा पुगेको छ ।

आज कुल २२३ कम्पनीको एक करोड २१ लाख ६७ हजार ६०५ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज कुल १३ उपसमूहमध्ये ९ समूहको सेयर मूल्य बढेको छ, भने बाँकी ४ वटा समूहको सेयर मूल्य बढेको हो । आज हाइड्रोपावर समूहको सेयरमा उछाल आएको छ । यो समूहको सेयर मूल्यमा ३.२२ अंकको वृद्धि देखिएको छ ।

मंगलबार विन नेपाल लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावर, लिनेसनल हाइड्रोपावर, फरवार्ड माइक्रोफाइनान्स, युनाइटेड इदी मर्दी आरबि हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?