काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज सेयर बजारमा ०.५० प्रतिशतले घटेको हो ।
आज नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर बजार कारोबार मापक नेप्से परिसूचक १४.४८ अंकले घटेर २८७६.७५ बिन्दुमा झरेको छ ।
यता, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक ३.२६ अंकले घटेर ५३९.६४ बिन्दुमा पुगेको छ ।
आज कुल २२४ कम्पनीको एक करोड ५७ लाख ८० हजार ७१३ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँको कारोबार भएको छ ।
आज १३ उपसमूहमध्ये ११ वटा समूहको सेयरमूल्य घटेको छ । बाँकी २ वटा समूहको मात्र सेयर मूल्य बढेको छ ।
आज पनि विन नेपाल लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस्तै, बुद्धभूमि हाइड्रोपावर, शाहस ऊर्जा, अरुण भ्याली हाइड्रोपावर, मैलुङ खोला जलविद्युत कम्पनी लगायत कम्पनीको सेयर मूल्य बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया