काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । माघ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई सीईओ नियुक्त गरेको हो ।
मन्त्रिपरिषदको बैठकले कार्कीलाई आगामी ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो ।
नेप्सेका पूर्व कार्यकारी प्रमुख चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्टको सेयर खरीद प्रकरणमा मुछिएपछि गत भदौ ८ गते पदबाट राजीनामा दिएका थिए । साउदको लामो राजीनामापश्चात समयसम्म सीईओ नियुक्ति प्रक्रिया अघि बढ्न सकेको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया