निरन्तर वर्षा र हिमपात, काठमाडाैं उपत्यका वरपरका डाँडामा हिमपात

लोकपथ
490
Shares
In this photo provided by the Inter Services Public Relations, people walk past vehicles trapped in a heavy snowfall-hit area in Murree, some 28 miles (45 kilometers) north of the capital of Islamabad, Pakistan, Saturday, Jan. 8, 2022. Temperatures fell to minus 8 degrees Celsius (17.6 Fahrenheit) amid heavy snowfall at Pakistan’s mountain resort town of Murree overnight, killing multiple people who were stuck in their vehicles, officials said Saturday. (Inter Services Public Relations via AP)

काठमाडौं । नेपालमा माघमा निरन्तर वर्षा र हिमपात भएको छ । माघ लागेसँगै सुरु भएको वर्षा र हिमपात अन्तिम सातासम्म लाग्न थाल्दा पनि भइरहेको छ । बीचको केही हप्ता मौसममा सुधार देखिए पनि पश्चिम न्यूनचापीय वायुका कारण बदली हुँदा वर्षा र हिमपात भएको छ ।

बिहीबारदेखि देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा परेको वर्षा र हिमपातले देशभरको जनजीवन कष्टकर बनिरहेको छ । वर्षासँगै बढेको चिसोले बालबालिका र वृद्धवृद्धा तथा पशुचाैपायालाई असर गरेको छ ।

हुम्ला, मनाङ, मुगुसहित हिमाली क्षेत्रमा भएको हिमपातले तीन फिटभन्दा बढी हिउँ जमेको छ । काठमाडौं उपत्यकाको काँठ क्षेत्रसहित देशभरका उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ ।

फुल्चाेकी, शिवपुरी, दलचाेकी, चन्द्रागिरिसहित काठमाडौं उपत्यका आसपासलगायत उच्च पहाडी क्षेत्रमा पनि पटकपटक हिमपात भएको छ । अझै केही दिन मौसममा सुधार आउन समय लाग्ने मौसमविद्हरूले जानकारी दिएका छन् । मौसमविद्हरूले देशभरि नै भारी वर्षा भइरहेकाे जनाएका छन् । उनीहरूका अनुसार शनिबार बिहानसम्म माैसम बदली नै रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?