हिउँले वनपाखा सेताम्यै, पर्यटकहरूको चापसँगै होटलहरू भरिभराउ

लोकपथ
196
Shares

तेह्रथुम । पूर्वी नेपालको तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाको सीमावर्ती क्षेत्र तीनजुरे मिल्के जलजले (टीएमजे)मा कोही सेल्फी लिँदै त कोही हिउँमा रमाइरहेको पाइन्छ । पर्दै गरेको हिउँमा सयौ पर्यटकहरू खेल्ने गरेका छन् ।

गुराँसको राजधानीको रूपमा परिचित टिएमजेका वनपाखा सेताम्यै भएर चाँदीझैँ देखिएका छन् । पर्यटकहरूको आगमनले पर्यटन व्यवसायसमेत फस्टाएको छ । पूर्वी तराई तथा भारतको विभिन्न क्षेत्रबाट हिउँ खेल्नकै लागि सयौँ आउने गरेका छन् ।

विशेषगरी यसक्षेत्रमा गुराँस फुल्ने सिजन र हिउँ पर्ने सिजनमा पर्यटकहरूको चाप बढ्ने गरेको छ । विगतका वर्षभन्दा यस वर्ष अत्यधिक हिउँ परेका कारण यहाँको पर्यटन व्यावसाय फस्टाएको छ ।

कोरोनाका कारण अस्तव्यस्त बनेको पर्यटन व्यावसाय हिउँ पर्न थालेसँगै फस्टाएको पर्यटन व्यावसायीहरूले बताउने गरेका छन्।

जमेको हिउँमा रमाइरहे पनि पर्दै हिउँमा रमाएको पाएको पहिलोपटक भएको तिमी कस्कोरु चलचित्र सुटिङका लागि तिनजुरे पुगेका कलाकार अर्जुन थापाले बताए ।

उनी भन्छन्, ‘हिउँमा रमाउनु छुट्टै कुरा छ । तर,पर्दै गरेको हिउँमा रमाउन पाउनु जो–कोहीको भाग्यमा हुँदैन । जो मैले अनुभूत गर्न पाएँ ।’

पर्यटकहरूको चापसँगै होटलहरू भरिभराउ बनेका छन् । पर्यटकहरूको बाक्लो आगमनले होटल व्यावसायी उत्साहित बनेका छन् । कोरोनाले सुस्ताएको पर्यटन व्यवसाय हिउँ परेपछि फस्टाएको टुटे देउरालीका होटल व्यावसायी श्री कार्कीले बताए ।

उनी भन्छन्, ‘हिउँ परेसँगै हाम्रो व्यावसाय फस्टाएको छ । यहँका आएका पर्यटकहरूलाई धान्न मुस्किल बन्दै आएको छ ।’

हिउँ परेको सुन्नेवित्तिकै पुर्बी तराईबाट पर्यटकहरू साना तथा ठूला सवारी साधन रिजर्भ गरेर आउने गरेका छन्। हिउँ परेसँगै जाडोले यहाँको जनजीवन भने कष्टकर बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?