काठमाडौं । केही दिनयता नेपाली सामाजिक सञ्जालमा निकै चर्चित विषयमा भइरहेको बहस हो गीत ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’को नयाँ भर्सन ।
नेपाल आइडल सिजन ३ की ‘टप एट कन्टेस्टेन्ट’ रचना रिमालले गाएकी ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’को नयाँ भर्सनले चर्चाभन्दा पनि विवादको शिखर चुम्यो ।
उक्त नयाँ भर्सनको विभिन्न क्षेत्रबाट चर्को आलोचनहरु भइरहेका छन् । विवादकाबीच शान्त देखिएकी ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाईकी ओरिजिनल गायिका अञ्जु पन्तले अन्ततः आफ्नो धारण व्यक्त गरेकी छिन् ।
उनले नयाँ भर्सनमा ओरिजिनल गायक/गायिकाको नामसमेत उल्लेख नगरेको भन्दै सामाजिक सञ्जालमार्फत दु:ख व्यक्त गरेकी छिन् ।
‘उही संगीत, उही एरेन्जमेन्ट, नयाँ भर्सनमा ओरिजिनल गायकगायिकाको नाम समेत उल्लेख नगरी अफिसियल भनेर सार्वजनिक हुनुचाहिँ दुःखद् र अन्यायपूर्ण कुरा हो । के र कुन उद्देश्यका लागि यस्तो भयो, मलाइ थाहा भएन । म एक व्यक्तिको कुराभन्दा पनि यो चलनले भोलिका दिनमा संगीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार नै पो भुल्न लागिरहेका छैनौ ? भन्ने चिन्ता लागेको छ ।’
उनले भनेकी छिन् ।
अञ्जु पन्तको भनाइ :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया