काठमाडाैं । गीतकार एलआर राणा र गायक तथा संगीतकार सजल न्यौपानेको ‘केही तिम्रो केही मेरो’ बोलको गीत सार्वजनिक भएको छ।
‘न्यू मुन फिल्म्स’ युट्युब च्यनलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा शास्त्रीय संगीतको रस अनि पाश्चात्य संगीतको जुगलबन्दीको स्वाद लिन सकिन्छ ।
गीतका बारेमा गीतकार राणा भन्छिन्, ‘यो गीत प्रयोगात्मक तर पूर्वीय संगीतको संस्कार झल्काउने गीत हो। म एउटा श्रोताको रूपमा यस्तै प्रकारका गीत सुन्दै मनपराउँदै आएँ र वर्तमान समयमा यस्तो संगीतको अभाव पएकोले यो गीत बनाउने प्रयास गरेकी हुँ ।’
राग विहागमा आधारित यस गीतमा गायक सजल न्यौपाने शास्त्रीय शैलीमा गाएका छन् भने संगीत सम्योजनमा सफ्ट रक र ज्याजको रङ्ग छ ।
यस गीतका संगीत सम्योजक प्रज्वल लामाले पनि उत्कृष्ट काम गरेको गायक सजल बताउँछन। ‘एल आर राणाज्यू अनि मैले गीत बनाउनुअघि नै प्रयोगात्मक शैलीमा प्रस्तुत गर्ने सल्लाह गरेर, रागको छनोट गरेर अनि मात्र संगीत सम्योजनमा पनि प्रज्वलज्यूसँग सल्लह गरेर बनएका हौँ त्यसैले यसमा श्रोता–दर्शकले यो मिहिनेत सायद देख्नुहोला ।’
संगीत सुन्ने र सिक्ने क्रममा पाएको संगीतिक संस्कार र अग्रज साधकहरुप्रतिको सम्मनस्वरूप यस्ता गीत निरन्तर बनाउने र गाउने गरेको बताउँछन् उनी।
अनुप चापागाईँद्वारा निर्देशित यस म्युजिक भिडियोमा केबिका खत्रीको फ्युजन भाव–नृत्य छ भने फरक तर रोचक शैलीमा प्रस्तुत भएको आभास हुन्छ।
भिडियाे हेर्नुहाेस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया