काठमाडौं । लता मंगेशकरले जीवनका हरेक भावनाका गीत गाइन् । जीवनमा जस्तोसुकै अवस्था होस् , हरेक समयलाई सुन्न लताको कुनै न कुनै गीत पाइन्छ । प्रेमदेखि वियोग र वैराग्यदेखि भजनसम्म सबै भाव गीत उनले गाएकी छिन् ।
लता मंगेशकरले आफ्नो गायन करियरमा गाएका कुल गीतको संख्या कति छ भनेर पछिल्लो समय संगीतप्रेमी, लता मंगेशकरका फ्यान र दशकौँदेखि चलचित्र क्षेत्रसँग आबद्ध पत्रकारहरूमाझ नयाँ बहस सुरु भएको छ ।
मुम्बईको सबैभन्दा ठूलो फिल्म पत्रकार समूह ‘चेम्बर अफ फिल्म जर्नलिस्ट’मा विगत तीन दिनदेखि यसै विषयमा अनुसन्धान र छलफल चलिरहेको छ ।
सन् १९७४ मा जब गिनिज बुक अफ वर्ल्ड रेकर्डसले लता मंगेशकरलाई विश्वमा सबैभन्दा बढी २५ हजार गीत रेकर्ड गर्ने कीर्तिमान राख्ने गायिकाको रुपमा मान्यता दिने घोषणा गरेको थियो ।
त्यतिबेला मोहम्मद रफीसँग उनको रोयल्टीको विषयलाई लिएर विवाद भएको थियो । मैले २८ हजार गीत गाएकी छु भन्ने दाबीको विरुद्धमा रफीले आफ्नो दाबी प्रस्तुत गरेका थिए ।
विवाद भएपछि गिनिज बुक अफ वल्र्ड रेकर्डले दुवै पक्षलाई आ–आफ्नो गीतको सूची बुझाउन भनेको थियो । पत्राचार चार-पाँच वर्षसम्म जारी रह्यो र जब दुवै पक्षले आफ्नो दाबीको समर्थनमा प्रमाण पेस गर्न असफल भए, त्यसपछि सन् २०११ मा सबैभन्दा धेरै गीत रेकर्ड गर्ने गायिकाको रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा आशा भोस्लेको नाम दर्ता हुँदा उनको गीतको सङ्ख्या थियो, ११ हजार। अहिले यो रेकर्ड दक्षिण भारतीय गायिका सुशीला पुलप्काको नाममा १७ हजारभन्दा बढी गीत रेकर्ड भएको छ ।
विश्वास नेरुरकर नामका एक धेरै वरिष्ठ र प्रसिद्ध अनुसन्धानकर्ता हुन् जसले हिन्दी सिनेमाका सबै दिग्गज गायकहरू मोहम्मद रफी, मुकेश र लता मंगेशकर आदिका गीतहरू संकलन गरेका छन्।
विश्वास नेरुरकरको गीतहरूको संग्रह लता मंगेशकर गन्धर स्वर यात्राको रूपमा प्रकाशित भएको थियो र यसमा उनले लता मंगेशकरले १९४५ र १९८९ को बीचमा गाएका गीतहरू सङ्कलन गरेका थिए। यस संकलनमा यो संख्या ५०६६ रहेको बताइएको छ । त्यसयता नयाँ र फेला परेका पुराना गीतको सङ्ख्या बढेर ५३२८ पुगेको उहाँका निकट साथीहरू बताउँछन् ।
सुमन चौरसियाको पुस्तक ‘लता समग्र’मा २०१४ सम्म लता मंगेशकरले गाएका गीतहरुको सूची पनि छ । यस पुस्तकअनुसार लता मंगेशकरले गाएको गीतमा हिन्दी फिल्मका गीत ५३२८, गैरफिल्मी गीत १९८, अप्रकाशित गीत १२७, मराठी ४०५, बंगाली २०६, संस्कृत २४, गुजराती ४८, पञ्जाबी ६९, अन्यले गाएको गीत ३८ र अन्य गीतहरू समावेश छन् ।
यी गीतहरूको कुल संख्या ६५५० रहेको बताइएको छ । सामाजिक सञ्जालमा पनि यी किताबका उदाहरण दिएर निकै चर्चा चलिरहेको छ । तर, एउटा किताबमा गीतको सङ्ख्या पाँच हजारको हाराहारीमा र अर्को पुस्तकमा लता मंगेशकरका गीतको सङ्ख्या सात हजारको नजिक छ भने ३० हजार वा सोभन्दा बढी गीतको सङ्ख्या कहाँबाट आयो ?
लता मंगेशकरमाथिको अनुसन्धानमा विश्वकै चर्चित आवाजका व्यक्तित्व हरिश भिमानीको पनि प्रमुख नाम रहेको छ । हरिश भिमानीले लता मंगेशकरसँगै २१ देशका ५३ सहरमा १२३ कार्यक्रमको सम्झनालाई आफ्नो पुस्तक ‘इन सर्च अफ लता मंगेशकर’मा समेटेका छन्।
उनी भन्छन्, ‘लताजीले ३० हजार वा ४० हजार गीत गाए भन्ने कुरामा कहिल्यै विश्वास लागेन । लताजीको गीतमा धेरैले अनुसन्धान गरेका छन् । लताजीसँग बस्दा मेरो मूल्याङ्कनअनुसार उनले गाएका गीतहरूको कुल सङ्ख्या ८२२६ छ। यो नम्बरलाई हरिश भिमानीले पनि धेरै ठाउँमा उद्धृत गरेका छन् र धेरै वर्षदेखि लता मंगेशकरसँग धेरै कार्यक्रममा घुम्न गएकाले यो नम्बरलाई पनि प्रामाणिक मानिन्छ । उनले लेखेका यो पुस्तकको अर्को संस्करण पनि छिट्टै प्रकाशित हुन लागेको छ, जसमा उनले आफ्ना केही सम्झनाहरू पुस्तकमा समेट्न लागेका छन् ।
लता मंगेशकरको मृत्युलाई कभर गर्दै भारतीय र विश्वका सबै पत्रपत्रिकाले उनको गीतका विभिन्न सङ्ख्या लेखेका छन् । भारीय धेरै अखबारहरूले लताले गाएका गीतहरूको संख्या ३० हो भन्ने विश्वाश गरेका छन् । महाराष्ट्र टाइम्सले लताले गाएका गीतहरूको सङ्ख्या ५०७७ लेखेको छ। तर अहिलेसम्म पनि लताले कति वटा गीत गाएक छिन् भन्ने तथ्याङ्क आइसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया