१२ वर्ष मुनिका बालबालिकालाई आलोपालो दिनमा पठनपाठन गर्न सरकारको निर्देशन

लोकपथ
903
Shares

काठमाडौं । सरकारले आगामी फागुन १ गतेबाट भौतिक रुपमा विद्यालय तथा विश्वविद्यालयको पढाइ सुचारु गर्ने निर्णय गरेको छ ।

जसअनुसार सरकारले १२ वर्ष नपुगेका विद्यार्थीहरुको हकमा भने आलोपालो बोलाएर पढाउने निर्देशन दिएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रायलले आज एक विज्ञप्ति जारी गर्दै १२ वर्ष पूरा भएका विद्यार्थीहरुलाई नियमित र १२ वर्ष पूरा नभएका विद्यार्थीहरुलाई भने आलोपालो पठनपाठन गर्ने बताइएको छ ।

‘विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रुपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने व्यवस्थाका लागि गृह मन्त्रालय र शिक्षा विज्ञान, प्रविधि मन्त्रालयलाई सिफारिस गर्ने उल्लेख भई आएकाले सो अनुसार नै कार्यान्वयनको लागि आवश्यक व्यवस्था मिलाउनुहुन निर्णयानुसार अनुरोध छ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?