वसन्त सापकोटाले संगीत चोरेको आरोप लगाएपछि बोले संगीतकार महेश खड्का

लोकपथ
308
Shares

काठमाडौं । संगीतकार महेश खड्काले संगीत चोरेको भनेर संगीत चोरी गरेको आरोप निराधार रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संगीतकार खड्काले संगीतकार वसन्त सापकोटाले संगीत चोरी गरेको भनेर आफूमाथि लगाएको आरोप निराधार रहेको बताएका हुन् । उनले बौद्धिक सम्पतिको चोरीको विषयमा कानूनी उपचार खोज्ने धेरै कानूनि उपाय छोडेर संगीतकार सापकोटाले मिडियाबाजी गरेर आफ्नो प्रतिष्ठामा आँच पर्‍याएको आरोप लगाए । गायक प्रमोद खरेल र बाल गायिका रुक्साना लिम्बूले गाएको “नोगेन” बोलको गीतको संगीत केही अंश चोरेको आरोप अर्का संगीतकार वसन्त सापकोटाले लगाउनु भएको छ । संगीतकार सापकोटाले आफूले संगीत भरेको नेपाली चलचित्र ‘सिलसिला’को सागरसरी चोखो माया भन्ने गीतको धेरै अंश चोरी भएको एक सार्वजनिक कार्यक्रममा आरोप लगाएपछि संगीतकार खड्काले प्रमाणित गरेर देखाउन चुनौति दिए ।

पछिल्लो समय नेपाली गीत संगित र शब्द चोरीको आरोप प्रत्यारोपको शिलशिला चलेको छ । कहि दिन अघि गायिका रचना रिमालले अन्जु पन्तले गाएको गीत “न बिर्से तिमीलाई, न पाएँ तिमीलाई” गाएपछि गायिका रिमाल विवादमा आएकी थिइन् । यस्तै गायक दुर्गेश थापा “पैसा नामको गीतमा प्रयोग भएको शब्दको कारण निकै आलोचित बन्नुपरेको थियो । यता सार्वजनिक आरोप प्रत्यारोपमा उत्रिएका दुवै संगीतकार महेश खड्का र बसन्त सापकोटा आफ्नो प्रतिलिपि अधिकारको लागि कानूनी उपचारमा भने गएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?