बलिउड स्टारहरू कसरी मनाउँदैछन् भ्यालेन्टाइन डे ?

लोकपथ
182
Shares

काठमाडौं । फेब्रुअरी महिनालाई लभ महिनाका रुपमा चिनिन्छ । आम मानिसदेखि सबैले आफ्ना प्रियजनलाई यो महिनामा विशेष माया व्यक्त गर्छन्। प्रेम अपनत्वको भाव हो ।

प्रेम शब्द आफैँमा अर्थपूर्ण, अनमोल अनि निकै गहन छ । नितान्त वैयक्तिक भाव भएकाले प्रेमलाइ शब्दमा बयान गर्न सजिलो छैन । प्राय युवापुस्ताले आफ्नो प्रेमको भाव शब्दकै माध्यमबाट व्यक्त गर्नेगरेका छन् । जसरी बगैँचामा हावामा उडेका फूलहरुको सुगन्ध फैलिएको महसुस मात्रै गर्न सकिन्छ प्रेम त्यस्तै एउटा भाव हो । जसलाई महसुस मात्रै गर्न सकिन्छ ।

प्रेम एक भावना हो । प्रेम विभिन्न मानिस, उमेरसमूह र विभिन्न सम्बन्धको लागि फरक–फरक हुन सक्छ । आज विश्वभर मनाइँदैछ । बलिउड स्टारहरू पनि आज भ्यालेन्टाइन डे विशेष रुपमा मनाउदै छन् ।

कसैले आफ्नो पार्टनरसँगको सुन्दर पोस्ट सेयर गरेका छन् भने कोही लन्डनबाट यो विशेष दिन मनाउन भारत आएका छन् । भ्यालेन्टाइन डे मा बलिउड स्टारहरूले भ्यालेन्टाइन डे कसरी मनाउँदैछन् रु

सोनम कपूरको पोस्ट : 

सोनम कपुर, आनन्द आहुजा
सोनम कपुरले आफ्ना पति आनन्द आहुजासँगको आफ्नो सुन्दर तस्बिर सेयर गरेकी छिन् । यससँगै उनले लेखेका छन्( ह्याप्पी भ्यालेन्टाइन डे, माया भन्दा महत्वपूर्ण केहि छैन…

बिपाशा बसु : 

बिपाशा बसु, करण सिंह ग्रोवर

बिपाशा बसुले भनेकी छिन् करणलाई भेट्नुअघि मलाई प्रेमको अर्थ पनि थाहा थिएन । मायाले तपाईलाई खुशी बनाउँछ। प्रेमले तपाईंलाई बलियो बनाउँछ। प्रेमले तपाईंलाई गर्व महसुस गराउँछ। माया तिम्रो सच्चा साथी हो। प्रेमले सबै कठिनाइहरू सजिलो बनाउँछ। सबैले साँचो माया पाउन सकून्। ह्याप्पी भ्यालेन्टाइन डे करण…

नेहा कक्कड र रोहनप्रीत सिंह :

नेहा कक्कड रोहनप्रीत सिंह

बलिउडको निकै चर्चित यो जोडी ले पनि आज विशेष रुपमा भ्यालेन्टाइन डे मनाउदै छन् । आफ्नो नेहालाई विशेष महसुस गराउने मौका रोहनप्रीत सिंह कहिल्यै गुमाउँदैनन् ।

मलाइका अरोरा र अर्जुन कपुर : 

अर्जुन कपुर, मलाइका अरोरा

मलाइका अरोरा पनि भ्यालेन्टाइन डे मनाउन मुम्बई बाहिर गएकी छिन् । अर्जुन कपुर र मलाइका अरोरा लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका छन्। अर्जुन कपुर उमेरमा उनीभन्दा कान्छा छन् । यति हुँदाहुँदै पनि दुवैले एकअर्कालाई प्रेम गरिरहेका छन् ।

मौनी रोय :

मौनी रोय र सूरज नाम्बियार

मौनी रोय आजकाल आफ्ना पति सूरजसँग कश्मीरमा हनिमुन मनाइरहेकी छिन् । भ्यालेन्टाइन डेको अवसरमा मौनी रोयले निकै सुन्दर तस्बिर पोस्ट गरेकी छिन् । जसमा उनी भगवान शिवको मन्दिरमा पुजा गरेको देखिन्छ । आफ्नो तस्बिर पोस्ट गर्दै मौनीले लेखेकी छिन्( ओम नमः शिवायस् हर हर महादेव

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?