काठमाडौं । अभिनेत्री रेखा थापाले विवाह गरेकी छन् । उनले आफ्नो प्रेमी बलराम शाहीसँग केही दिनअघि कानुनी विवाह गरेकी हुन् ।
जाजरकोटका शाही इजरायल बस्दै आएका छन् । शाही पर्यटन व्यवसायी हुन् ।
रेखा थापाको यो दोस्रो विवाह हो । यसअघि निर्माता छविराज ओझासँगको वैवाहिक जीवन १० वर्षअघि सम्बन्धविच्छेदमा टुंगिएको थियो ।
प्रेमको चर्चा चलेपनि रेखाले आगामी वैशाखमा मात्रै विवाह गर्ने बताउँदै आएकी थिइन् । उनीहरुले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया