एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई आप्रवासीहरूको शिविर बन्न नदिने बताएका छन् । अमेरिकी प्रशासनले आप्रवासीहरूको बारेमा गरेको नीतिप्रति आफू दृढ रहेको जनाउँदै ट्रम्पले यस्तो बताए ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा ट्रम्पले भने “ अमेरिका आप्रवासी शिविर हुने छैन् । शरणार्थीहरू राख्ने सुविधाका लागि अमेरिका उपलब्ध हुने छैन् भने छैन् ।”
मेक्सिकोबाट अवैधरूपमा अमेरिका प्रवेश गर्नेहरूलाई तिनीहरूको बालबालिकाहरूलाई बाल शिविरमा पठाएर आमाबाबुबाट अलग गर्ने अमेरिकी नीतिको ट्रम्प पत्नीले आलोचना गरेपछि ट्रम्पले यस्तो टिप्पणी सार्वजनिक गरेका हुन् ।
संयुक्त राष्ट्रसंघको मानव अधिकार प्रमुखले यो अनुचित नीतिको भर्त्सनागरेका छन् ।
ट्रम्पले भने “ युरोपमा के भइरहेको छ हेर्नुस, अन्य ठाउँमा के भइरहेको हेर्नुस । हामी त्यो अमेरिकामा हुन दिन सक्दैनौं । यो मेरो घडीमा छैन् ।”
यसअघि ट्रम्पले युरोपेली देशहरूले लाखौलाख आप्रवासीलाई आउन अनुमति दिएर ठूलो गल्ती गरेको बताएका थिए ।
जर्मनीका चान्सलर एन्जेला मर्केलका बारेमा विशेषरूपले भन्दै ट्रम्पले तिनका जनता यो नीतिको विरोधमा गएको बताए ।
एन्जलेला मर्केलको यो विषयमा उनका आन्तरिक मामिला मन्त्री होस्र्ट सीहोफरसँग मतभेद छ । आन्तरिक मामिला मन्त्रीले चान्सलर मर्केलको शरणार्थी बस्न पाउने नीतिको विरोध गरेका छन् ।
ट्रम्पले प्रतिपक्ष दल डेमोक्रेट्स सांसदहरूलाई आप्रवासीसम्बन्धी विधेयकमा सम्झौता गर्न ढिलाई गरिरहेकोमा आलोचना गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया