काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ बचत योजना महालक्ष्मी बचत वृद्धि खाता सार्वजनिक गरेको छ । मात्र ५१ रुपैयाँमै खाता खोल्न मिल्ने ‘महालक्ष्मी बचत वृद्धि खाता’मा दैनिक मौज्दातमा ८.५५ प्रतिशत ब्याज गणना गरी मासिक रूपमा भुक्तानी गरिने बैंकले जनाएको छ ।
यस योजनाअन्तगर्त खाता खोलेका ग्राहकहरुको पाँच लाख रुपैयाँको दुर्घटना मृत्यु बीमा गरिएको छ । यस आकर्षक बचत योजनाअन्तर्गत खाता खोलेका ग्राहकहरुले निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाईल बैंकिङ सुविधा, निःशुल्क अनलाइन बैंकिङ सुविधा, निःशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५०% छुट, निःशुल्क मेरो सेयर सि-आस्वा तथा निःशुल्क डिम्याट खाताजस्ता आकर्षक सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।
बैंकले ग्राहकहरुको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षलाई मध्यनजर गर्दै महालक्ष्मी बचत वृद्धि खाता संचालनमा ल्याएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया