अमेरिकी नाकाबन्दी छल्न रक्षा व्यापारको बाटो खोज्दै भारत

एजेन्सी : अमेरिकाद्वारा रुसमाथि लगाएको आर्थिक नाकाबन्दी छल्न भारतले रूससँग रक्षा व्यापारका लागि उपाय खोजिरहेको छ ।

भारतीय रूपैया र रुसी रुबलबीचको स्थानान्तरण गर्ने उपायको खोजीमा भारत लागि परेको छ ।

रुससँग हुने रक्षा सम्झौताको भुक्तानीका लागि कुन बाटो हुने र कुन बैंकले यस्तोमा सघाउने विषयमा यी दुई देश छलफल गरिरहेका छन् ।

अमेरिकाले लगाएको आर्थिक नाकाबन्दीले रुस भारतबीचको हतियार व्यापारलाई प्रधावित पारेको छ ।

२ अर्ब अमेरिकी डलर बराबरको हतियार र त्यसका उपकरणसम्बन्धी भुक्तानीको समस्या रहेको छ ।

यसका साथै भारतको परमाणु पनडुब्बी आइएनएस चक्रको मर्मतसम्भार परियोजना पनि समस्यामा परेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भारु र रुबलको स्थानान्तरण गर्ने विधिको खोजीबारे छलफल भइरहेको छ ।

भारतले रुससँग गरेका हतियार खरिद सम्झौतामा समानको भुक्तानी अमेरिकी डलरमा गर्ने उल्लेख गरेको छ ।

अमेरिकी नाकाबन्दीका कारण अमेरिकी डलरमा भुक्तानी असम्भव भइरहेको छ ।भुक्तानी सम्झौता गत अप्रिल महिनादेखि रोकिएका छन् ।

यसका लागि दुबै देशले बैंकको खोजी गरिरहेका छन् । यस्ता बैंकहरूमा अमेरिकी नाकाबन्दीको जोखिम हुनेछ ।

भारतले विजया बैंक र इन्डियन बैंकसँग यसबारे कुरो गरिएको छ । भुक्तानीबारे भारतमा क्रियाशील रुसको ठूलो बैंक सबरबैंक पनि छलफल गरिरहेको छ ।

भारतलाई आइएनएस चक्र परमाणु  पनडुब्बीको मर्मत सम्हार रुसबाट गराउनुपरेको छ ।

यो पनडुब्बी सन् २०१६मा ल्याइएको थियो । रुससँग एस ४०० हवाई प्रतिरक्षा प्रणाली किन्ने  ५ अर्ब अमेरिकी डलरको खरिद परियोजना पनि अनिश्चित बनेको छ ।

अमेरिकाले रुसलाई सन् २०१६को राष्ट्रपति चुनावमा गडबडी ग¥यो ,क्राइमिया, युक्रेन र सिरियसंग रुसले गरेको व्यवहारका कारण अमेरिकाले रुसमाथि आर्थिक नाकाबन्दी गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?