किम अचानक पुगे चीन

एजेन्सी : उत्तर कोरियाली नेता किम जोंग उन अचनक  चीन पुगेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सिंगापुरमा भेटेका किम आठौं दिनमा अचानक दुई दिने भ्रमणमा चीनका राष्ट्रपति सी जिनपिनसँग भेट्न पुगे । 

दुई नेताबीच अन्तर्राष्ट्रिय विषयमा छलफल हुने र केही विषयमा सम्झौता हुन सक्ने अपेक्षा गरिएको छ । सन् २०११मा सत्ता सम्हालेयता किम तेस्रो पटक चीन पुगेका हुन् । यो तीनवटै भ्रमण गत चार महिना भित्र भएका छन् ।

भेटमा ट्रम्पसँगको भेटबारे किमले सीलाई जानकारी गराउने अपेक्षा गरिएको छ ।  

परमाणु परीक्षणका कारण संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथि आर्थिक प्रतिबन्ध लगाएपछि चीनले पनि उत्तर कोरियामाथि कोइला र तेल आपूर्तिमा रोक लगाएको थियो ।

यो भ्रमणबाट कोइला र तेलको आपूर्ति खोल्ने अपेक्षा  गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?