भारतद्वारा चिनियाँ प्रस्ताव अस्वीकार

एजेन्सी : चिनियाँ राजदूतले तेस्रो पक्षको उपस्थितिमा पाकिस्तानसँगको सम्बन्ध सुधार गर्न भारतलाई गरेको प्रस्ताव अस्वीकार गरिएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले भारत र पाकिस्तानबीच तेस्रो पक्षको मध्यस्थता सम्बन्धी चिनियाँ प्रस्ताव भारतलाई स्वीकार नहुने बताए ।

उनले भने “भारत र पाकिस्तानबीचको सम्बन्ध द्विपक्षीय छ । यसमा कुनै तेस्रो पक्षको हस्तक्षेप मञ्जुर छैन् ।” 

उनले भने “चिनियाँ सरकारको तर्फबाट हामीलाई कुनै सुझाउ प्राप्त भएको छैन् । यो राजदूतको निजी विचार हुन सक्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?