एजेन्सी : चीनले चिनियाँ सामानमाथि थप महशुल थप्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई ब्ल्याकमेलको संज्ञा दिँदै आफूले पनि अमेरिकी उत्पादनहरूमाथि जस्ताको त्यस्तै गरी महशुल थप्ने चेतावनी दिएको छ ।
विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार युद्ध चर्किने तर्फ स्थिति गइरहेकोमा अन्तर्राष्ट्रिय समुदायको चासो बढन थालेको छ ।
यसअघि ट्रम्पले २ खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा १० प्रतिशत थप शुल्क थप्ने चेतावनी दिँदै चीनलाई अमेरिकी सामानमाथि लगाएको शुल्क फिर्ता लिन चेताएको थियो ।
ट्रम्पको चेतावनीलाई चीनले ब्ल्याकमेलको संज्ञा दिँदै चिनियाँ सामानमा थपिने महशुल जस्तै अमेरिकी सामानमा महशुल थप्ने चेतावनी दियो ।
चीनको वाणिज्यमन्त्रीले अमेरिकी व्यवहार ब्ल्याकमेल गरे जस्तो भएको टिप्पणी गरे ।
उनले भने “ अमेरिकाले महशुल बढाए चीनसँग कुनै विकल्प बाँकी रहँदैन् । हामी पनि अमेरिकी उत्पादनमा महशुल थोपर्छौ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया