प्रदेश ५ को प्रदेशसभा बैठक आज बस्दै

बुटवल । प्रदेश ५ को प्रदेशसभा बैठक सुरु गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहमत भएको छ । 

प्रदेश सरकारले ल्याएको बजेटमा असहमति जनाउँदै प्रदेशसभा बैठक अवरुद्ध गरेको प्रमुख प्रतिपक्षी दल कांग्रेस नेताहरुसँग मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार बिहान छलफल गरेका थिए । 

प्रतिपक्षी कांग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेलका अनुसार आफ्ना माग सम्बोधन गर्न सरकार तयार भएकाले संसद पुनः सुरु गर्न सहमत भएको बताए । 

छलफलमा मुख्यमन्त्री पोखरेलले विपक्षीका जायज माग सम्बोधन गर्ने बताएका छन् ।

प्रदेशसभा बैठक मंगलबार दिउँसो १ बजे बस्दैछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?