राष्ट्र बैंकले मंगलबार बैंकिङ प्रणालीबाट १० अर्ब उठाउँदै

काठमडौं । नेपाल राष्ट्र बैंकले मंगलबार बैंकिङ प्रणालीबाट १० अर्ब उठाउने भएको छ । 

वित्तीय प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) धेरै भएर अन्तर बैंक ब्याजदर ३ प्रतिशत तल झरेपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट उक्त रकम खिच्ने भएको हो ।

केन्द्रीय बैंकले ब्याजदर करिडोर नीति अन्तर्गत दुई सातका लागि निक्षेप संकलन उपकरणमार्फत बजारबाट पैसा प्रशोचन गर्न लागेको हो । 

केन्द्रीय बैंकका अनुसार बैकिङ प्रणालीमा करिब ४० अबै अधिक तरलता रहेको बताए 

सरकारी खर्च बढेपछि बैंकिङ प्रणालीमा तरलता बढेको केन्द्रीय बैंकको भनाई छ । चालु आर्थिक वर्षको अन्तिम महिना चलिरहेकाले तरलता प्रवाह बढेको हो ।

राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशत तल झरेपछि वित्तीय प्रणालीबाट रकम उठाउने र ५ प्रतिशत नाघेपछि बजारमा पैसा पठाउने गर्छ । ब्याजदर करिडोर नीतिअनुसार राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता अधिक भए विभिन्न वित्तीय उपकरणमार्फत प्रशोचन र कम भएमा रिपोमार्फत बजारमा पठाउने गरेको छ ।

राष्ट्र बैंकले मंगलबार बजारबाट उठाउने दश अर्ब असार १९ गते परिपक्व हुनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?