काठमाडौं। जारी फिफा विश्वकप फुटबलको समूह चरणको अन्तिम खेलमा आज पोल्याण्डले सेनेगलको सामना गर्दैछ ।
समूह ‘एच’ मा रहेको दुई टिमविचको खेल नेपाली समयअनुसार ९ः४५ बजेदेखि मस्कोस्थित स्पार्टक स्टेडियममा हुदैछ । युरोपीय छनोटमा उत्कृष्ट प्रदर्शन गरेको पोल्यान्ड समूह ‘ई’ को विजेता बन्दै रसिया विश्वकपको लागी छनोट भएको थियो ।
पोल्याण्डका स्ट्राइकर तथा कप्तान रोबर्ट लेवान्डुविस्कीले विश्वकपमा छनोटको १० खेलमा १६ गोल गरेका थिए । दुवै टिमको खेल समान स्तर भएका कारण नकआउट चरणसम्म पुग्ने दुवै टिमलाई अवसर छ । विश्वकपका पछिल्ला संस्करणमा खासै उपलब्धी हासिल गर्न नसकेको पोल्याण्ड र सेनेगलमा अनुभबी खेलाडीको उपस्थिती रहेको छ ।
सन् १९७४ र १९८२ मा तेस्रो स्थान हासिल गरेको पोल्याण्डले २०१० र २०१४ को विश्वकपमा स्थान बनाउन सकेन् । पोल्याण्डले विश्वकपको दुई संस्करणपछि कमब्याक गरेको हो ।
सन् २००२ को विश्वकप डेब्यु खेलमा नै डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पराजित गदै सेनगलले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो, जुन अफ्रिकी टिमको सबैभन्दा ठूलो सफलता हो । १६ वर्षपछि सेनेगल पुनः विश्वकपमा फर्किएको छ ।
पहिलो खेलमा नै जित हात पारेमा दुबै टिमको नकआउट चरण पुग्ने सम्भावना बलियो हुनेछ । सन् २००२ को पराक्रम दोहोर्याएको हेर्न रसियामा सेनेगलका हजारौं समर्थक रंगशालामा पुग्नेछन् ।
यता सेनेगललाई अफ्रिकाबाट छनोट हुने सवैभन्दा बलियो टिम मानिएको छ । साडियो माने, कलिडेउ काउलिबाली, केइटा बान्डे र अलड्रिसा गान गउये जस्ता खेलाडीको जमघटले सेनेगल आत्मविश्वासी देखिएको छ । पोल्याण्ड र सेनेगल ३६ वर्षपछि पहिलो पटक विश्वकपमा भिड्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया