काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले निष्काशन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको आईपीओ आज निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले कार्निभल रेष्ट्रो,अनामनगरमा बाँडफाँट गरेको हो ।
कम्पनीको आईपीओमा २३ लाख ३१ हजार २५८ जना आवेदकबाट दुई अर्ब ६४ करोड ३० लाख ३३ हजार रुपैयाँ बराबरको २ करोड ६४ लाख ३० हजार ३३० कित्ता सेयरको लागि आवेदन परेको थियो । गोलाप्रथाबाट गरिएको बाँडफाँटमा ५१ हजार ६७० जनाले न्युनतम १० कित्ताको दरले र ८ जना ११ कित्ता सेयर हात पारेका छन् ।
कुल आवेदकमध्ये २ हजार ५५२ जनाको आवेदन रद्ध भएका छन् । त्यस अनुसार २३ लाख २८ हजार २०६ जनाको योग्य आवेदकलाई बाँडफाँट गरिएको हो ।
कम्पनीले माघ २६ गतेदेखि फागुन १ गतेसम्म कुल ५ लाख ५५ हजार कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया