सियोल । दक्षिण कोरिया र अमेरिकाले अगस्तमा गर्न लागेको उलूची फ्रीडम गार्जियन सैन्याभास रद्द गरेको छन् । दुई देशका अधिकारीले मंगलवार बताएका छन् कि, उत्तर कोरियाको परमाणु निशस्त्रीकरणको प्रयासका चर्चाका बीच यो फैसला लिइएको हो ।
उत्तर कोरियाका नेता किम जोङ उन र ट्रम्पबीच सिंगापुरमा शिखर भेटघाट भएको थियो । ट्रम्पले दक्षिण कोरियाका साथ आफ्नो अनुपयुक्त र महंगो सैन्याभ्यास विराम लगाउने खुलासा गरेका थिए ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाए अनुसार निकट सहयोगपछि दक्षिण कोरिया र अमेरिकाले यूएफजीका लागि सबै गतिविधि रद्द गर्ने फैसला गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया