बप्पी लाहिरीको गहनाको मालिक अब को बन्छ ? छाेराछाेरीले गरे यस्ताे निर्णय

लोकपथ
1.3k
Shares

भारतमा डिस्को म्युजिकलाई लोकप्रिय बनाएका संगीतकार तथा चर्चित गायक बप्पी लाहिरीको मंगलबार निधन भएको छ । ८० देखि ९० को दशकमा डिस्को गीतका लागि परिचित ‘बप्पी दा’ले ६९ वर्षको उमेरमा अन्तिम सास फेरे ।

आफ्ना गीतसँगै सुनका गहनाले समेत निकै चर्चित लाहिरीको स्वास्थ्यमा धेरै समस्याहरू थिए । जसका कारण छाेटाे उमेरमै उनको निधन भएको छ ।

उनी सधैँ घाँटीमा सुनको मोटो चेन र औँठी लगाउने गर्थे । यस्तो अवस्थामा अब उनको मृत्युपछि बप्पी लाहिरीको सुनका गहनालाई के गर्ने भन्ने प्रश्न उठिरहेको छ ।

यसबारेमा एक वेबसाइटसँग कुरा गर्दै बप्पीका नजिकका साथीले सुनसँग उनकाे निकै नजिकको सम्बन्ध रहेको बताए । उनका लागि सुन केवल गहना मात्र नभएर उनलाई चिनाउने एक पहिचान बनेको थियाे ।

 

Who gets Bappi Lahiri's gold? - Movies News

उनले बप्पीदाको सुनको चेनसँग धेरै पटक सेल्फी मागेको माग्दा निकै नम्रताका साथ अस्वीकार गरेको बताए ।

उनले भनेका छन्, ‘बप्पीदाले उनको शान्तिलाई कसैले छुन नपाओस् भन्ने चाहनुहुन्थ्यो । त्यसैले जहिले पनि उहाँको खुट्टा छुन कोही आउनुहुन्थ्यो, उहाँ उनीहरुबाट अलि टाढा रहने प्रयास गर्नुहुन्थ्यो ।’

बप्पी लाहिरीसँग सुनको औँठी, ब्रेसलेट, गणेशजी, हिरासहितको सुनको ब्रेसलेट, सुनको प्रेम पनि छ । अहिले यी सबै चिजहरू बक्स बन्द गरेर अलमारीमा राख्ने तयारी गरिएकाे छ । बप्पीका छोराछोरी आफ्नो बुबाको विरासतलाई जोगाउन चाहन्छन् । त्यसैले उनीहरुले यी सबै कुरालाई जोगाउने निर्णय गरेका छन् ।

Bappi Lahiri: Bollywood 'disco king' dies aged 69 | World News | Sky News

मिडिया रिपोर्टका अनुसार उनकी छोरी रीमा लाहिरी बप्पीसँग अन्तिम दिनमा थिइन् । उनको पारिवारिक स्रोतले गायकले छोरीको साथबाटै अन्तिम सास फेरेको जानकारी दिएको छ ।

चर्चित गायक तथा संगीतकार बप्पी लाहिरीको मंगलबार राति मुम्बईको एक अस्पतालमा स्वास्थ्यसम्बन्धी विभिन्न समस्याका कारण निधन भएको हाे । गायकले ६९ वर्षको उमेरमा संसारबाट बिदा लिए ।

बप्पीको निधनको खबर सार्वजनिक भएलगत्तै मनोरञ्जन जगतसहित देशभर शोकको लहर छाएको छ । भर्खरै मात्र लता मंगेशकरलाई गुमाएकाे भारतीय संगीतले फेरि अर्का हस्ती बप्पी लाहरीलाई गुमाएकाे हाे ।

Disco King Bappi Lahiri passes away at 69 - India News

यसले भारतीय संगीतमा धेरै ठूलाे क्षति व्यहाेरेकाे भारतीय संगीतकर्मीहरूले बताएका छन् । बप्पी भारतमा मात्र नभएर भारतीय संगीत सुन्ने संसारैभर चर्चित छन् ।

उनको अन्तिम संस्कार फेब्रुअरी १७ बिहीबार बिहान १० बजे मुम्बईको सान्ताक्रूजस्थित पवन हंस शवदाह गृहमा गरिँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?